नियम २५
निरीक्षण अधिकृतको अन्य काम, कर्तव्य र्‌ अधिकार
: ऐनको दफा ३ड मा उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त निरीक्षण अधिकृतको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) निरीक्षण, जाँचबुझ वा अनुसन्धानको सिलसिलामा कुनै गुणस्तरहीन बा उपभोक्ताको स्वास्थ्यमा प्रतिकृल असर पार्ने वस्तुको विक्री, वितरण भइरहेको वा सेवा प्रदान गरेको देखिएमा त्यस्तो वस्तु वा सेवा व्यवसायमा प्रयोग भएको वस्तुको प्रयोगशाला परीक्षणको लागि आवश्यक पर्ने हदसम्मको परिमाणमा नमुना लिने र त्यस्तो नमुनालाई गुणस्तरमा फरक नपर्ने गरी सुरक्षित तरिकाले वस्तुको प्रकृति अनुसार निर्धारित प्रक्रिया पूरा गरी सिलबन्द गर्ने,

(ख) खण्ड (क) बमोजिम नमुना लिएको वस्तुको बिक्री, वितरणमा तीस दिनसम्म रोक लगाउने,

(ग) ऐन वा यस नियमावली विपरीत हुने गरी कुनै वस्तु वा सेवाको उत्पादन वा बिक्री, वितरण भएको पाइएमा त्यस्तो वस्तु वा सेवाको उत्पादन स्थल, बिक्री वा बितरणस्थल सिलबन्द गर्ने,

(घ) ऐन वा यस नियमावली विपरीत कुनै कार्य गर्ने व्यक्ति भाग्न वा उम्कन सक्ने देखिएमा वा निजलाई तत्काल “पक्राउ नगरेमा अनुसन्धानमा प्रतिकूल असर पर्ने देखिएमा प्रचलित कानून बमोजिम मुद्दा हेर्ने अधिकारीको अनुमति लिई पक्राउ गर्ने,

(ङ) अनुसन्धानको क्रममा शङ्कास्पद व्यक्तिलाई प्रचलित कानून बमोजिमको प्रक्रिया पूरा गरी तारेखमा राख्ने, धरौटी वा जमानी लिई छाड्ने र धरौटी वा जमानी दिन नसकेमा प्रचलित कानून बमोजिम थुनामा राख्ने ।